समाचार
बजार अनुगमन तथा निरीक्षण कार्यक्रम
स्थानीय बजारलाई स्वच्छ, व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउने उद्देश्यका साथ दार्मा गाउँपालिकाद्वारा बजार अनुगमन तथा निरीक्षण गरिएको छ।
अनुगमनका क्रममा वस्तु तथा सेवाको गुणस्तर, मूल्यसूची, म्याद गुज्रिएका सामग्रीको अवस्था, व्यवसाय दर्ता तथा नवीकरण र उपभोक्ताको हकहितसँग सम्बन्धित विषयहरूको निरीक्षण गरिएको छ। साथै, सम्पूर्ण व्यवसायीहरूलाई प्रचलित कानुनको पालना गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्न अनुरोध गरिएको छ।
















