समाचार
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम
मिति २०८२/१०/२७ गतेका दिन सामी कार्यक्रमको चौथो चरण अन्तर्गत कार्यान्वयन गरिने कार्यक्रमहरूको कार्यान्वयन मोडालिटी सम्बन्धमा दार्मा गाउँपालिकामा पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो।
उक्त अभिमुखीकरण कार्यक्रममा सामी हेल्भेटासको कार्यक्रम अधिकृत श्री अनन्त चौधरी ज्युले सामी कार्यक्रमको उद्देश्य, लक्ष्य, कार्यक्षेत्र, चौथो चरणमा अवलम्बन गरिने कार्यान्वयन प्रक्रिया, जिम्मेवारी बाँडफाँड, समन्वय व्यवस्था, अनुगमन तथा प्रतिवेदन प्रणालीका विषयमा विस्तृत छलफल तथा प्रस्तुति गरिएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरु,सम्बन्धित शाखा प्रमुखहरू, कार्यक्रमसँग सम्बन्धित कर्मचारीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा सामी कार्यक्रम चौथो चरणलाई प्रभावकारी, पारदर्शी तथा परिणाममुखी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक निर्देशनहरू प्रदान गरिएको थियो।








