समाचार
विदाइ तथा फेरि भेटौँला कार्यक्रम
विदाइ तथा फेरि भेटौँला कार्यक्रम
दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रेशम ओलीज्यूको विदाइ तथा फेरि भेटौँला कार्यक्रम यस कार्यालयमा आत्मीय वातावरणका साथ सम्पन्न गरिएको छ।
दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा उहाँले निर्वाह गर्नुभएको जिम्मेवारी, नेतृत्व, समन्वय तथा सहकार्यका लागि हार्दिक आभार व्यक्त गर्दछौँ। उहाँको कार्यकालमा गाउँपालिकाको प्रशासनिक तथा संस्थागत कार्यसम्पादनमा पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ।
कार्यकालका क्रममा जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकावासीसँग कायम गर्नुभएको आत्मीय सम्बन्ध, सहकार्य र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँको आगामी कार्ययात्रा सफल, सुखद, सम्मानपूर्ण एवं उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
दार्मा गाउँपालिकासँग जोडिएको उहाँको आत्मीयता र सहकार्य सधैँ स्मरणीय रहनेछ। आगामी दिनमा फेरि भेट हुने आशासहित—हार्दिक विदाइ तथा फेरि भेटौँला!





















