समाचार
स्क्रब टाइफस रोगसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
स्क्रब टाइफस रोगसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
रोग नियन्त्रण महाशाखा (EDCD), काठमाडौं, स्वास्थ्य सेवा कार्यालय, सल्यान र दार्मा गाउँपालिकाको समन्वयमा महामारीको रूपमा फैलिरहेको स्क्रब टाइफस रोगसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्क्रब टाइफस रोगको कारण, लक्षण, संक्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणका उपायहरू लगायतका विषयमा जानकारी तथा अभिमुखीकरण प्रदान गरिएको थियो। साथै, रोगको जोखिम न्यूनीकरण तथा प्रभावकारी नियन्त्रणका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्यका विषयमा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमले स्क्रब टाइफसको संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानी तथा समुदायस्तरमा रोग नियन्त्रणका लागि आवश्यक जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।














