FAQs Complain Problems

ग्यालरी

मिति: 09/15/2026 - 09:25
, , , , , , , , , , ,

दार्मा गाउँपालिका र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजना को सहजीकरण तथा भोटेगारे, पाथिहाल्न,भुर्त्तिबाङ टोल विकास सस्थाको आयोजनामा वडा न.५ वडा सचिव श्री केशव के.सी. र वडा न.६ भुर्तिबाङ टोल विकास सस्थामा वडा न ६ का वडा सचीव खिम बहादुर के सी को कार्यक्रम सञ्चालनमा वडा नं. ५ अन्तर्गत भोटेगारे टोल विकास संस्थाका १२१ घरधुरी , पाथिहाल्न टोल विकास संस्थाका १०५ घरधुरी तथा वडा न. ६ अन्तगत भुर्तिवाङ टोल विकास सस्थाका ६४ घरधुरी ले पूर्ण सरसफाइका ६ वटा सूचक र १८ वटा उपसूचक पूरा गरी औपचारिक रूपमा पूर्ण सरसफाइ उन्मुख टोल विकास संस्था घोषणा भएका छन्।

मिति: 06/26/2026 - 10:53
, , , , , , , , , , , , , , , , , , , , ,

मिति २०८३ असार १० गते दार्मा गाउँपालिकाको गाउँसभाको १९ औँ अधिवेशन अन्तर्गत दोस्रो र तेस्रो बैठक सम्पन्न भएका छन्।
दोस्रो बैठकले मिति २०८३ असार ७ गतेको पहिलो बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रम र अर्थ विधेयकमाथि व्यापक छलफल गरी पारित गरेको छ। त्यसैगरी, तेस्रो बैठकमा गाउँपालिका उपाध्यक्षद्वारा आगामी आ.व. २०८३/०८४ का लागि रु. ४२ करोड १७ लाख ६४ हजार २१२ को बजेट (व्यय अनुमान) सभामा प्रस्तुत गरिएको छ।

मिति: 06/26/2026 - 10:43
, , , , , , , , , , , , , , , , , , ,

दार्मा गाउँपालिकाको गाउँसभाको १९ औं अधिवेशनको पहिलो बैठकमा सभा अध्यक्षद्वारा आ.व. ०८३/८४ को नीति तथा कार्यक्रम र उपाध्यक्ष /सभा सदस्य जुना मल्लद्वारा अर्थ विधेयक सभामा पेस भएको छ।
उक्त सभालाई जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलज्युले विशेष सम्बोधन गर्दै गाउँसभा अधिवेशन सफलताको शुभकामना दिनुभएको छ।
सभामा राष्ट्रपति रनिङ शील्ड ०८३ मा जिल्ला/प्रदेशको प्रतियोगितामा सहभागी भई पदक विजेता खेलाडीलाई सम्मान समेत गरिएको छ।

मिति: 06/23/2026 - 09:29
, , , , , , , , , , , , , , , ,

दार्मा गाउँपालिकामा हार्दिक स्वागत!
स्वास्थ्य सेवाको सुदृढीकरण तथा नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउन आउनुभएका आदरणीय डाक्टरज्यूलाई दार्मा गाउँपालिकाको तर्फबाट हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

मिति: 06/04/2026 - 11:36
, , , , , , , , , , ,
मिति: 04/30/2026 - 17:09
, , , , , , , , , , , , ,

SUSWA वास सल्लाहकार श्री अम्बादत्त अवस्थीज्यूलाई हार्दिक स्वागत तथा दार्मा गाउँपालिकाका वास संयोजक श्री प्रकाश चन्द्र थापाज्यूको ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न।

मिति: 04/27/2026 - 17:01
, , , , , , , , , ,

Pages

//